बैसाख २२, २०८३ मंगलबार May 5, 2026

म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकेपछि सिटी स्तब्ध

एभर्टनले रोक्यो म्यान्चेस्टर सिटीको उपाधि होड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । इङलिस प्रिमियर लिगको उपाधि होड थप रोचक बनेको छ । गएरातिको खेलमा लिग जित्ने दौडमा रहेको म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकेपछि सिटी स्तब्ध बनेको हो ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा एभर्टनले ३ – २ गोल अन्तरले खेल जित्ने अवस्थामा पुगे पनि अन्तिम समयमा जेरेमी डोकुले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएपछि खेल ३ – ३ को बराबरीमा सकियो ।

एभर्टनका लागि थिमो ब्यारीले २ गोल गरेका थिए भने जेक ओ ब्रायनले एक गोल गरे । सिटीका लागि जेरेमी डोकुले २ तथा एर्लिङ हालान्डले एक गोल गरे ।

यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई फाइदा पुगेको छ । अब सिटी र आर्सनलको अंक दूरी ५ पुगेको छ । यद्यपि, आर्सनल भन्दा सिटीले एक खेल कम खेलेको छ ।

लिगमा ३५ खेलबाट ७६ अंक बटुलेको आर्सनलले अब तीन खेल खेल्न बाँकी छ । आर्सनलका अबका खेलहरु वेस्टह्याम, बर्नली र क्रिस्टल प्यालेस विरुद्ध हुनेछ । यी तीन खेल जितेमा आर्सनल स्वत: लिग विजेता बन्नेछ ।

सिटीले भने ३४ खेलबाट ७१ अंक बटुलेको छ । लिगका अबका बाँकी चार खेल (ब्रेन्टफोर्ड, क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्ला) जिते पनि आर्सनलको उपाधि यात्रामा सिटीले ब्रेक लगाउन सक्ने छैन ।

अर्थात, लिगको उपाधि दौड अन्तिम समयसम्म रोचक हुनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया