बैसाख २४, २०८३ बिहिबार May 7, 2026

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २४ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणका साथै विविध विषयमा छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया