कार्तिक २८, २०८३ शनिबार November 14, 2026

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तनहुँ, २५ वैशाख : यहाँका गुरुङ बस्तीमा यतिबेला परम्परागत घाँटुनाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँगाउँमा घाँटुनाचलाई चासो दिन थालिएका हुन् ।

भानु नगरपालिका–१३ बास्पानी, बन्दीपुरको आरथुम्का, आँबुखैरेनी गाउँपालिकाको भोटेश्वारा, दमौली, पुलिमर्याङ, टुटेपानी, हिलेखर्कलगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाँटुनाच सुरु भइरहेको छ । यसले गाउँमा सांस्कृतिक रौनकता थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको स्थानीयवासी बताउँछन् । जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गलबहादुर गुरुङका अनुसार घाँटुनाचले गाउँको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को दिन्छ ।

“घाँटु चल्दा पाहुनाको जमघट बढेको छ, यसले होमस्टेमा बसोबास गर्ने पर्यटकलाई जीवन्त संस्कृति अनुभव गर्ने अवसर दिएको छ”, उहाँले भन्नुभयो । पर्यटनविज्ञ हरिसिंह गुरुङ घाँटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको मेरुदण्ड मान्नुहुन्छ । “पर्यटक स्थानीय मौलिकता हेर्न गाउँ पुग्छन् । घाँटुनाचलाई व्यवस्थित रूपमा संरक्षण र प्रदर्शन गर्नसके यसले ग्रामीण अर्थतन्त्र उकास्न ठूलो योगदान पुर्याउँछ”, उहाँको भनाइ छ ।

पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाँटुनाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नचाइन्छ । तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा छ ।

अभियान्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । ‘सति’ र ‘बाह्रमासे’ दुई प्रकारमध्ये सतिघाँटु पञ्चमीका दिन पूजा गरी चण्डीथानजस्ता पवित्र स्थानमा सेलाएर यस वर्षका लागि समापन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार