बैसाख २८, २०८३ सोमबार May 11, 2026

यस्तो छ राष्ट्रिय सभाको कार्यसूची

सोमबारको बैठकमा सभासमक्ष आठ वटा अध्यादेश पेस गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २८ गते । सरकारले सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सोमबारको बैठकमा सभासमक्ष आठ वटा अध्यादेश पेस गर्दै छ । सोमबार अपराह्न २:०० बजेका लागि निर्धारण गरिएको बैठकमा अध्यादेश पेस हुने छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा अध्यादेश पेस गर्नुहुने छ । सचिवालयले प्रकाशन गरेको कार्यसूचीबमोजिम प्रधानमन्त्री शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ पेस गर्नुहुने छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ सभासमक्ष पेस गर्नुहुने छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ सभासमक्ष पेस गर्नुहुने छ । राष्ट्रिय सभा नियमावलीको नियम ८८ ले संविधानबमोजिम जारी भएको अध्यादेश जारी भएपछि आह्वान भएको सदनको पहिलो

बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्ने व्यवस्था गरेको छ । अध्यादेश पेस गर्दा सम्बन्धित मन्त्रीले अध्यादेश जारी गर्नु परेको परिस्थिति र कारणसमेतको विवरण संलग्न गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सरकारले पेस गरेको अध्यादेश सम्बन्धमा सभाका सदस्यले पेस भएको दुई दिनभित्र अध्यादेश अस्वीकार गर्ने सूचना दिन सक्ने छन् । स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत् वा संशोधनसहित प्रतिस्थापित गर्ने उद्देश्यले विधेयकको साथमा अध्यादेशका रूपमा तत्कालै लागु गर्नु परेको परिस्थिति र कारणसहितको विवरण संलग्न गरी दुवै सभाबाट अध्यादेश स्वीकार भएको मितिले सात दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेस गर्न अनुमति माग्ने सूचना दिनुपर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याइने
२०८३ बैसाख २८, सोमबार
प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित
२०८३ बैसाख २८, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
२०८३ बैसाख २८, सोमबार
मधेश प्रदेशसभाको सातौं अधिवेशन जेठ १ गते आह्वान
२०८३ बैसाख २८, सोमबार
कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने
२०८३ बैसाख २८, सोमबार
त्रिदेशीय सिरिजमा नेपाल ‘ए’ को लगातार चौथो जित
२०८३ बैसाख २८, सोमबार
थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
२०८३ बैसाख २८, सोमबार