काठमाण्डाैंः कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा मेयर देउवालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।
नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएपछि मेयर देउवासहित नगरपालिकाका कर्मचारीले कोरोना परीक्षण गराएका थिए । शनिबार आएको रिपोर्टमा मेयर देउवासहित नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका मेयर देउवासहित १३ जनामै कुनै लक्षण भने नदेखिएको जोशीले जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनी होम आइशोलेसनमा बसेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया