श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डा. गोबिन्द केसीको ५ बुँदे मागप्रति काँग्रेसको ऐक्यवद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अनशनरत डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ । प्रवक्ता विश्वप्रकास शर्माले आइतबार एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीले राख्नु भएको माग जायज रहेकाले तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र काँग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने काँग्रेसद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नु भएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने प्रवक्ता शर्माको भनाई छ ।

साथै संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्यपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउन सकिने उनले बताए।

प्रवक्ता शर्माले विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने बताए । यस विषयमा केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार