जेठ १०, २०८३ आइतबार May 24, 2026

गेरुकाधाममा मलिमास मेलाको तेस्रो दिन आज श्रद्धालु भक्तजनहरूको अत्यधिक भिड

गेरुका नदिमा मलिमासको अवधिमा स्नान गरेर त्याहा स्थित भगवान् विष्णुको मन्दिरमा पूजापाठ गरेको खण्डमा विशेष फल प्राप्त हुने जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम ।  महोत्तरीको लोहारपट्टी नगरपालिकामा अवस्थित गेरुकाधाममा मलिमास मेलाको तेस्रो दिन आज श्रद्धालु भक्तजनहरूको अत्यधिक भिड देखिएको छ ।

करिब ३ वर्षमा पर्ने मलिमास अर्थात् पुरुषोत्तम मासको अवसरमा लाग्ने गरेको गेरुकाधाम मेलामा स्नान तथा पूजा पाठ गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, सिहरा सहितका अन्य जिल्ला तथा भारतीय क्षेत्रबाट ठूलो सङ्ख्याका भक्तजनहरू आउने गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २१ कुर्थासंग जोडिएको सो ठाउँमा रहेको प्रसिद्ध गेरुका नदिमा मलिमासको अवधिमा स्नान गरेर त्याहा स्थित भगवान् विष्णुको मन्दिरमा पूजापाठ गरेको खण्डमा विशेष फल प्राप्त हुने जनविश्वास भएकाले लाखौँ भक्तजनहरू गेरुकाधाम पुग्ने गरेका छन् ।

प्रसिद्ध गेरुकाधाममा लाग्ने गरेको धार्मिक मेलाका कारणले सो क्षेत्रको आर्थिक कारोबारमा वृद्धि भएर स्थानीयवासीले गर्ने गरेको आम्दानीको कारणले उनीहरूको वर्ष भरि घर परिवार चलाउनमा ठूलो मद्दत पुग्ने गरेको छ ।

मलिमास पर्ने महिनाको प्रत्येक आइतबार तथा मङ्गलवार गेरुकाधाममा मेला लाग्ने गरेको छ । मेलाको व्यवस्थापनमा लोहारपट्टी नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्ने गरेका छन् ।

गेरुका नदी एवं कुण्डमा पानी चलायमान नभएका कारणले लाखौँ व्यक्ति धार्मिक भावना सहित स्नानको लागि पुग्दा पानी धमिले भएर तीर्थयात्रीलाई स्नान गर्नका लागि समस्या हुने गरेको छ । स्थानीय सरकारले स्वच्छ पानीको व्यवस्थापनका लागि विशेष पहल गर्नु पर्नेमा भक्तजनहरूले जोड दिनु भएको छ ।

एक महिनासम्म लाग्ने गेरुका मेलामा करोडौँको कारोबार हुने गरेको छ । स्थानीय बासी तथा व्यापारीले मेलाका माध्यमले रोजगारी पाउनुका साथै राम्रो आय आर्जन गर्ने गरेका छन् । मलिमास अर्थात् पुरुषोत्तम मासमा भगवान् विष्णुको पूजाको विशेष महत्व रहने जनकपुरधाम वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो
२०८३ जेठ १०, आइतबार
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु
२०८३ जेठ १०, आइतबार
प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
२०८३ जेठ १०, आइतबार
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
२०८३ जेठ १०, आइतबार
हुम्ला-बाजुरा सीमा तनावपछि गृह मन्त्रालयद्वारा छानबिन टोली गठन
२०८३ जेठ १०, आइतबार
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
२०८३ जेठ १०, आइतबार
काँग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
२०८३ जेठ १०, आइतबार