असोज ७, २०८३ बुधबार September 23, 2026

बडादशैंँलाई औपचारिकतामा सीमित गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ । भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ ।

नगर प्रमुख सुनिल प्रजापति र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाभित्र कोरोना सङ्क्रमणको अवस्था भयावह बनिरहेका परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित तथा ऐतिहासिक-सांस्कृतिक जात्रापर्व सामान्य रुपमा सुरक्षित ढङ्गले सम्पन्न गर्न सरोकार पक्षसँग आग्रह गरे ।

छलफलमा सरोकार प्रतिनिधिले दशैँमा कम भीडभाड हुने गरी जात्रा निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानमा स्वयंसेवक परिचालन गरी भीड कम गराउनुपर्ने, भीड जम्मा हुनेखालका बाजागाजा बन्द गर्नुपर्ने, माइकिङमार्फत नगरवासीलाई सचेत रहन आग्रह गरिरहनुपर्नेलगायत सुझाव दिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया