असार ३०, २०८३ मंगलबार July 14, 2026

आईपीएलमा शीर्ष दुई टोलीबीच आज घम्साघम्सी, विजेता सिधै फाइनलमा

विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार क्वालिफायर खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको छ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ।

पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो।

समान खेलमा समान अंक जोडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो।

आईपीएलअन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन्।

इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार