श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २५ गतेका लागि सरेको छ। आज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २५ गतेका लागि सरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस कार्यालयमा असोज १५ गते गरिएको स्वाब परीक्षणमा पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुबाहेक अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिमा संक्रमण देखिएको छ।  त्यसैगरी काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्य रमेश रिजाल र अभयकुमार चौरसियाकोसमेत रिपोर्ट पोजिटिभ देखिएपछि स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै असोज १९ गतेको बैठक २५ गतेका लागि सरेको पौडेलले जानकारी दिए। बैठक २५ गते दिउँसो २ बजेका लागि सारिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार