जेठ १३, २०८३ बुधबार May 27, 2026

जाजरकोटमा गाडी दुर्घटना हुँदा ७ जना घाइते

गाडीमा सवार ८ जना मध्ये गाडी चालक वर्ष २६ का खिमराज केसी सकुशल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छेडागाड नगरपालिका-१३, कार्की गाउँदेखि नेपालगन्जतर्फ गइरहेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी आज बिहान मध्य पहाडी सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहान ८ बजे दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको छ ।  सबै घाइतेहरूको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ ।

गाडीमा सवार ८ जना मध्ये गाडी चालक वर्ष २६ का खिमराज केसी सकुशल रहेको र अन्य सातै जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा भेरी नगरपालिका-७ का वर्ष २७ की भावना विक, वर्ष २६ का आशिष विक  वर्ष २८ कि तिर्सना  विक, वर्ष २५ की लीला विक रहेकी छिन् ।

त्यस्तै, भेरी ९ का वर्ष २२ का  कमल परियार, वर्ष २६ का कमलराज घर्ती, भेरी १० का वर्ष २७ का तुल्सा मल्ल शाही रहेका छन् । दुर्घटना कसरी भएको सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया