असोज २४, २०८३ शनिबार October 10, 2026

व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान

आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर, १३ जेठः भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।

किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ । “हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,” वडाध्यक्ष राईले भन्नुभयो, “खेती गर्न इच्कुछ किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।”

आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताउनुभयो । “अदुवाखेतीबाट अन्य बालीभन्दा राम्रो आम्दानी हुन थालेको छ,” उहाँले भन्नुभयो, “अदुवाबाट राम्रो आम्दानी हुने भएपछि खेती विस्तारमा जुटेका छौँ । यसले घरखर्च चलाउन सहज भएको छ ।”

अदुवाखेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताउनुभयो । अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पु¥याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उहाँको भनाइ छ ।

किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताउनुभयो । आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार
पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले
२०८३ असोज २४, शनिबार
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार
परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि
२०८३ असोज २४, शनिबार