श्रावण २८, २०८३ बिहिबार August 13, 2026

बरियारपट्टी छोटी भन्सार पुनःस्थापनाको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय पुनःस्थापनाको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

भन्सार कार्यालय नेपालको अन्तर्गतको सो भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै संघर्ष समितिले जिरोमाइल बजार क्षेत्रमा चक्काजामसहित विरोध प्रदर्शन गरेको हो ।

भन्सार पुनःस्थापना संघर्ष समितिका अनुसार कार्यालय बन्द हुँदा स्थानीय व्यापार, राजस्व संकलन तथा दैनिक आवतजावतमा गम्भीर असर परेको भन्दै सरकारलाई दबाब दिन आन्दोलन गरिएको हो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण तथा समितिका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो भने सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार