असार ३०, २०८३ मंगलबार July 14, 2026

अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

सद्भावले भारतका भिभान उभायकारलाई चार स्ट्रोकले हराउँदै उपाधि रक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपालका सद्भाव आचार्य १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएका छन् ।

गोकर्ण गल्फ कोर्समा शुक्रबार सम्पन्न च्याम्पियनसिपमा सद्भावले भारतका भिभान उभायकारलाई चार स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेका हुन् । सद्भाव नै सम्मिलित टोलीले टिमतर्फ पनि स्वर्ण जितेका थिए । सद्भाव गत संस्करणको पनि दुई स्वर्णका विजेता हुन् । यसपल्ट पनि सद्भावले समग्रमा सर्वाधिक ९ अन्डर २ सय ७ को प्रदर्शन गरे । उनले इभनपार ७२ को स्कोरसहित अन्तिम दिनको खेल पूरा गरे । सद्भावले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । तर, उनले आठौं होलमा एक सट खेर फालेपछि फ्रन्ट नाइन दुई अन्डर ३४ मा सकियो । ब्याक नाइनमा भने उनले १०औं, ११औं र १७औं होलमा बोगी खेपे ।१५औं होलको बर्डीसँगै सद्भावले ब्याक नाइन दुई ओभर ३८ मा सकाए ।

भारतका भिभानले कुल पाँच अन्डर २ सय ११ स्कोर बटुले । अन्तिम दिन उनको प्रदर्शन दुई अन्डर ७० मा रह्यो । नेपालकै राहुल विश्वकर्मा समग्रमा तीन अन्डर २ सय १३ सहित तेस्रो भए । उनले शुक्रबार एक ओभर ७३ खेले । श्रीलंकाका के दानुसान, भारतका निखिल पाण्डे, निलोफर शिवमुर्ती, श्रीलंकाकै चनाका परेरा, डेचेन लेन्डुप, भुटान वाङ्छेन ढेन्डुप र तेन्जिङ छिरिङले क्रमशः चौथोदेखि दशौं स्थानमा रहे । महिलामा नेपालकी तारा कार्की चित्रकार च्याम्पियन भइन् । उनले समग्रमा २५ ओभर २ सय ४१ बटुल्दै सम्झना खत्रीलाई १४ स्ट्रोकले हराइन् ।ताराले १२ ओभर ८४ को कार्डसँगै खेल सकाइन् । सम्झनाले समग्रमा २ सय ५५ स्कोर जोडिन् ।

उनले शुक्रबार १२ ओभर ८४ को प्रदर्शन गरिन् । भारतकी नयोनिका कपुरले काउन्ट ब्याकमा २ सय ६० सहित कांस्य हात पारिन् । यु–१७ तर्फ भारतका भिभानसमग्रमा पाँच अन्डर २ सय ११ सहित च्याम्पियन भए । उनले भारतका निलोफर शिवमुर्तीलाई सात स्ट्रोकले हराए । निलोफर समग्रमा दुई ओभर २ सय १८ सहित दोस्रो भए । भारतका अर्का खेलाडी प्रिन्स बैंन्सला तेस्रो भए । साविक विजेता सदभाव र राहुल विश्वकर्माको जोडी(१३अन्डर २ सय ७५स्कोर) ले भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकले हराउँदै उपाधिको जितेका थिए । श्रीलंका तेस्रो भयो ।

यस च्याम्पियनसिपमा नेपालले सर्वाधिक तीन  स्वर्ण, एक  रजत र एक कांस्यसहित कुल पाँच पदक जित्यो ।भारतले एक स्वर्ण, तीन रजत र दुई कांस्य प्राप्त ग¥यो । श्रीलंकाले भने एउटा मात्र कांस्य पदक जित्यो । भुटान र बंगलादेश पदकविहीन भए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले र नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालले पुरस्कृत गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार