रसुवा, जेठ २४ : लाङटाङ ट्रेल रनको दोस्रो संस्करण आज यहाँ सम्पन्न भयो।
रसुवा-नुवाकोट पर्यटन समाजद्वारा आयोजित प्रतियोगिता जिल्लाको क्यानजिन गुम्बादेखि स्याफ्रुबेंसीसम्म आयोजना गरिएको थियो।
प्रतियोगितामा विभिन्न देशका १०६ खेलाडीले भाग लिएको आयोजकले जनाएको छ।
महिला तर्फ अञ्जली गुरुङ प्रथम, सुरक्षा तामाङ र अस्ट्रियाकी अन्ना लेना फ्रुटनर क्रमशः दोस्रो र तेस्रो भए।
त्यसैगरी पुरुष तर्फ मिलन कुलुङ, धीर बहादुर बुढा र विशाल राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
विश्वस्तरमा लाङटाङ क्षेत्रको प्रचार र यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकहरूले बताएका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया