काठमाडौंः नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन् ।
उनले उक्त घटनाको आत्मालोचना गर्दै कारबाही गर्न पार्टी नेतृत्वसँग माग गरेका हुन् । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत उनले संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अधिकार भएपनि हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय रहेको उल्लेख गरेका छन् ।
प्रतिपक्षको भूमिकाबारे नेतृत्वले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेको उल्लेख गर्दै नेता थापाले आवेग र आवेशमा गरिएका व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने बताए । प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउने उनको तर्क छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया