काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीलाई अनसन अन्त्य गर्नका लागि सरकारले पत्र पठाएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएको बताए ।
डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने श्रेष्ठले बताए ।
यस्तै, बैठकमा सांगठनीक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठन विभागको संगठानात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव, संवैधानिक नियुक्तिका लगायतका एजेण्डामा सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको उनको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया