काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सनले तत्काल लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको १६ वर्ष लामो शानदार करियरको अन्त्य भएको छ।
न्युजिल्यान्डकै सर्वकालका महान खेलाडीमध्ये एक मानिने ३५ वर्षीय विलियम्सन देशको सबै ढाँचामा सबैभन्दा धेरै रन बनाउने खेलाडीका रूपमा विदा भएका छन्।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९,३४६ रन बनाए। यसक्रममा उनले ४८ शतक र ६ दोहोरो शतक प्रहार गरे। निरन्तरता, संयमता र कप्तानी क्षमताका कारण उनले विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भएका थिए।
केनको सन्यासपछि न्युजिल्यान्ड क्रिकेटले एउटा युगको अन्त्य भएको महसुस गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया