जेठ ३०, २०८३ शनिबार June 13, 2026

विश्वकप फुटबल: अमेरिकाको सुखद सुरुआत, पाराग्वे ४-१ ले पराजित

खेलको ७३औँ मिनेटमा मौरिसियोमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। तीन राष्ट्रको संयुक्त आयोजनामा भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले सुखद सुरुआत गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

खेलमा अमेरिकाले सुरुआती अग्रता पाराग्वेको आत्मघाती गोलबाट पाएको थियो। खेलको सातौँ मिनेटमा अमेरिकाका वेस्टन म्याकेनीले गरेको प्रहारलाई रोक्ने प्रयास गर्दा पाराग्वेका खेलाडी डेमियन बोबाडिल्लाले आफ्नै गोलपोष्टमा बल छिराउन पुगेका थिए।

त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए। बालोगुनले नै पहिलो हाफको अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल थपेपछि पहिलो हाफमै अमेरिका ३-० ले अगाडि रह्यो।

दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै खेलको ७३औँ मिनेटमा मौरिसियोमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीको ४-१ को सानदार जित सुनिश्चित गरे। यस जितसँगै महत्वपूर्ण तीन अङ्क जोड्दै अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ। यस समूहमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
२०८३ जेठ ३०, शनिबार
घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व
२०८३ जेठ ३०, शनिबार
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
२०८३ जेठ ३०, शनिबार
अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान
२०८३ जेठ ३०, शनिबार
सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
२०८३ जेठ ३०, शनिबार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
२०८३ जेठ ३०, शनिबार
श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा
२०८३ जेठ ३०, शनिबार