असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना भाइरसबाट बुधबार थप तीन जना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जना र चितवनमा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो । नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै, पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार अस्पताल भर्ना भएकी थिइन । उनको आज बिहान साँढे ५ बजे मृत्यु भएको डा.गौतमले बताउनुभयो । सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग नदेखिएको डा. गौतमले बताउनुभयो । हालसम्म रुपन्देहीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

चितवन मेडिकल कलेजमा पनि एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा हिजो मात्र कोरोना पुष्टि भएको थियो । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया