असार ५, २०८३ शुक्रबार June 19, 2026

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

अस्पतालबाट तत्काल प्रसूति सेवा सञ्चालन गर्ने तयारी भइरहेको र अन्य स्वास्थ्य सेवाहरू क्रमशः सञ्चालनमा ल्याइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), ५ असारः बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल भवन निर्माण कम्पनीले बिहीबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

विसं २०७८ माघमा रु ११ करोड ४४ लाखको लागतमा निर्माण कम्पनी हिम सगरमाथा–अनका जेभीले भवन निर्माणको जिम्मा लिएको थियो । भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षदेखि अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

“अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्मका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने स्थानीयको बाध्यता अब अन्त्य हुनेछ”, अध्यक्ष खाँले भन्नुभयो, “नागरिकले आफ्नै गाउँमा गुणस्तरीय सेवा पाएपछि बसाइँसराइ कम हुनुका साथै जीवनस्तरमा समेत सुधार आउनेछ ।”

उहाँले गाउँपालिकाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर शिक्षा, सडक, खानेपानीलगायतका आधारभूत सेवासँगै स्वास्थ्य पूर्वाधार विस्तारमा लगानी गरिरहेको बताउँदै अस्पताल भवन निर्माण सम्पन्न भएसँगै अब आवश्यक स्वास्थ्य उपकरण, औषधि र दक्ष जनशक्ति व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरिने जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालन र सेवा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरेर ग्रामीण बस्तीका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउनने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अस्पताल सञ्चालनमा आएपछि जानकीवासीले विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालबाट तत्काल प्रसूति सेवा सञ्चालन गर्ने तयारी भइरहेको र अन्य स्वास्थ्य सेवाहरू क्रमशः सञ्चालनमा ल्याइने बताउनुभयो ।

हाल सात हजार २६३ घरपरिवार तथा ४६ हजार ५३६ जनसङ्ख्या रहेको जानकी गाउँपालिकावासीले सामान्य उपचारका लागि समेत सदरमुकाम नेपालगन्जलगायत अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको छ । अस्पताल भवन निर्माणसँगै स्थानीयवासीमा सहज स्वास्थ्य सेवाप्रतिको आशा र भरोसा बढेको जानकी–४ का अगुवा पदमबहादुर धितालले बताउनुभयो ।

उहाँले सुविधासम्पन्न अस्पताल भवनबाट गाउँपालिकावासीलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार