असार ५, २०८३ शुक्रबार June 19, 2026

आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मौसम मुख्यतया सफा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ असारः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।

यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।

अन्य हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार