असोज २४, २०८३ शनिबार October 10, 2026

आजको मौसम : हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भू-भागका साथै गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई भू-भागमा आंशिक बदली हुने देखिन्छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, कोशी र मधेश प्रदेशको तराईका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

वर्षाको सम्भावनासँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना पनि रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी र मधेश प्रदेशका तराई भू-भागमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा रातिको मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेश प्रदेशका पनि एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार