असोज २४, २०८३ शनिबार October 10, 2026

विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन

लोकतन्त्र र संवैधानिक व्यवस्था कमजोर हुने अवस्थामा रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा प्रतिपक्षको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ असारः प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराउनुभएको थियो । सो अवसरमा सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्रीले संसद् उठाउनुभएको राष्ट्रियताको विषय, सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन र मानव अधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत विषयमा पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

सांसद लक्ष्मीप्रसाद पोखरेलले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल तीव्र बनाउनुपर्नेमा जोड दिँदै गत जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता हुनुपर्ने माग गर्नुभयो ।

सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नहुने गरेको भनी दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले लोकतन्त्र र संवैधानिक व्यवस्था कमजोर हुने अवस्थामा रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद ऐन महरले संसद्को गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएको बताउनुभयो । सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै बढ्दो इन्धन मूल्यले आमउपभोक्ता माथि थप आर्थिक भार परेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार
आज आश्विन कृष्ण औंसी: पितृ पक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
२०८३ असोज २४, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक
२०८३ असोज २४, शनिबार
‘कैदको हद निर्धारण हुँदैमा प्यारोल सुविधा रोक्न मिल्दैन’
२०८३ असोज २४, शनिबार