मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिफा विश्वकप फुटबल : न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा

बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता न्युजिल्यान्डले लिएको थियो । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । तर न्युजिल्यान्डको एक शून्य गोलको अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो ।

खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ गोलको अग्रता दिलाए ।

यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे । यस जितसँगै इजिप्ट दुई खेलबाट चार अङ्क जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको नकआउट चरण प्रवेशको सम्भावना प्रबल बनेको छ । यसै समूहमा रहेका इरान र बेल्जियमको समान दुई अङ्क छ भने न्युजिल्यान्डको एक अङ्क रहेको छ ।

त्यसैगरी आजै बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार