मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ८ असार : ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पार्नुभएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो हुनुभएको हो ।

उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो हुनुभयो । उहाँले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो हुनुभएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो ।

महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम हुनुभयो । उहाँले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । कूल ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा रानाले जित्नुभयो । उहाँले २० मिनेट ३४ दशमलव २ सेकेण्डमा दूरी पार गर्नुभयो । जुम्लाकी अन्तिमा बुढा दोस्रो हुनुभयो । उहाँले २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र तेस्रो हुनुभएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो हुनुभयो । उहाँले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दूरी पार गर्नुभयो । दोस्रो हुनुभएका जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र तेस्रो हुनुभएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित प्रमाणपत्र पाउनुभयो ।

त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताउनुभयो । पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले यसमा जोड दिएको बताउनुभयो ।

‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आज आयोजित प्रतियोगितामा सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार