काठमाण्डाैंः मकवानपुरमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ पुरुष र २० महिला सहित ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले गएराति सार्वजनिक गरेको विवरण अनुसार ९७ जनाको स्वाब परीक्षण गर्दा ५८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितमध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रैका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाइँले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया