असार २९, २०८२ आइतबार July 13, 2025

देशभरका अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघको आह्वानसंगै बिहीबार विहान ९ बजे देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेका हुन् ।

संघले हिजो विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । यस्तै संघले संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने एवं कालोपट्टी बाँधेर रिले अनसन गर्ने भएको छ ।

यसैगरी भोली देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने संघले जनाएको छ । यद्दपी आन्दोलनका कार्यक्रम सरकारसंगको वार्ताको परिणाममा भर पर्ने पनि संघका महासचिव डा.बद्री रिजालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया