असार ११, २०८३ बिहिबार June 25, 2026

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टि–रेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ ।
उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको छ ।

मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोधसमेत गरेको छ । मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टि–रेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात रहेको रहेको बताउनुभयो । स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार