काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ सुरु गरेको छ । काउन्सिलले डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझावका निम्ति पोर्टल सञ्चालनमा ल्याएको हो ।
काउन्सिलका अनुसार, अब सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा प्रत्यक्ष उपस्थित नभई अनलाइन माध्यमबाटै आफ्ना जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू पठाउन सक्नेछन् ।
दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटwww.nmc.org.np रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । काउन्सिलको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा [email protected] मा इमेल गरेर पनि उजुरी तथा आवश्यक कागजात पठाउन सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया