असोज १२, २०८३ सोमबार September 28, 2026

कोशी प्रदेशको १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष चयन

मोरङ र खोटाङमा प्राविधिक समस्याका कारण अध्यक्ष मनोनयन गर्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ओखलढुङ्गा । कोशी प्रदेश खेलकुद विकास बोर्डले १२ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनोनयन गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले विभिन्न १२ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष चयन गरेको हो ।

बोर्डले ओखलढुङ्गामा अनित गुरुङ, ताप्लेजुङमा चन्द्र कुमार थेवे, पाँचथरमा सन्तोष मोक्तान, इलाममा एतिराज काफ्ले, धनकुटामा मनोज कुमार राईलाई खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ ।

यसै गरी झापामा शेखर कँडेल, सोलुखुम्बुमा अर्जुन रोका, सङ्खुवासभामा लक्ष्मण लिङतेप, भोजपुरमा देउ प्रसाद राई, तेह्रथुममा राजकुमार नेपाल, उदयपुरमा धिरज खड्का र सुनसरीमा केशव कुमार कार्कीलाई खेलकुद विकास समितिको अध्यक्ष मनोनयन गरिएको छ ।

बाँकी रहेको दुई वटा जिल्लाहरू मोरङ र खोटाङमा प्राविधिक समस्याका कारण अध्यक्ष मनोनयन गर्न नसकिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्यालले बताउनु भएको छ ।

कोशी प्रदेशमा २०८२ चैत्र २३ गते देखि सबै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरूको समय अवधि सकिएको थियो । चैत्र महिनामै जिल्ला अध्यक्षहरूको पदावधि सकिएको भएपनि प्रदेश खेलकुद विकास बोर्डकै समिति लामो समय सम्म चयन हुन नसकेकाले जिल्लामा समिति गठन हुन सकेको थिएन । मनोनयन गरिएका जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरूको कार्यकाल ४ वर्षको रहने उपाध्यक्ष अर्यालले जानकारी दिनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार