मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप २०२६ : पाँच टोली अन्तिम ३२ मा प्रवेश

समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लस एन्जलस, असार १३ गते । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरी सकेको छ भने इङ्गल्यान्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान छ ।

इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा चार अङ्क रहेकाले उनीहरू अब आफ्नो समूहमा तेस्रो स्थानमा रहेका केही टोलीले हासिल गर्न सक्ने अधिकतम अङ्कभन्दा अगाडि छन् ।

यसका कारण समूह ए (दक्षिण कोरिया तीन अङ्क), समूह सी (स्कटल्यान्ड तीन अङ्क), समूह एच (उरुग्वे दुई अङ्क/केप भर्डे तीन अङ्क) र समूह आई (सेनेगल तीन अङ्क)का तेस्रो स्थानका टोलीहरूले उनीहरूलाई उछिन्न नसक्ने अवस्था बनेको हो, जसमा ती समूहका खेलहरू यसअघि नै सम्पन्न भइसकेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार