मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप २०२६: डिआर कंगोको ऐतिहासिक जित, ५२ वर्षपछि अन्तिम ३२ मा

५२ वर्षपछि इतिहास रच्दै डिआर कंगो विश्वकपको नकआउट चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै डिआर कंगो नकआउट चरणमा प्रवेश गरेको छ। कंगो ५२ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो। समूहमा उत्कृष्ट तेस्रो भन्दै डीआर कंगो नकआउटमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा उज्वेकिस्तानले १–०को अग्रता बनाएको थियो। दोस्रो हाफमा डीआर कंगोले पुनरागमन गर्‍यो। खेलको १० औं मिनेटमा उज्वेकिस्तानका एल्डोर सोमुरोडोभ बोल गर्दै अग्रता बनाएका थिए।

पहिलो हाफमा यही गोलको आधारमा उज्वेकिस्तानले अग्रता बनायो। खेलको दोस्रो हाफमा ६८ औं मिनेटमा कंगोले पेनाल्टीको मौका पायो। जसलाई योवान विसाले उज्वेकिस्तानको पोस्टमा सजिलै प्रहार गरिदिए।‌ यही गोल मार्फत कंगोले उज्वेकिस्तानसँग बराबरी गर्‍यो।

खेलको ७८ औं मिनेटमा फिस्टन मायोलेले गोल गर्दै कंगोलाई २–१ अग्रतामा ल्याए। निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयमा योवान विसा व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। यही गोल नै निर्णायक सावित भयो।

४ अंकसहित डिआर कंगो तेस्रो स्थानमा रह्यो। यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार