असार १६, २०८३ मंगलबार June 30, 2026

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

धनुलाई आज पहिरन, दैनिक उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे फाइदा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । दैनिक उपभोग्य बस्तु, पहिरन, सवारी साधन तथा बिलासी  सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  तर पनि धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागी समयले साथ दिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा औषधीजन्य  सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ ।  व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । छोटो दुरीको यात्रा हुने, परिवार तथा आफन्तसँग भेट हुनाले मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनाले पुराना ऋण चुक्ता गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ । परिवारका साथ यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक उपभोग्य बस्तु, सवारी  साधन, पहिरन तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । यात्रा, मनोरञ्जन तथा परिवारमा साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । दैनिक उपभोग्य वस्तुको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । तर पनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिरन, दैनिक उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले विदेशी  सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य मात्रामा वृद्धि हुनेछ । यात्रा खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दैनिक उपभोग्य वस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहौलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । यात्रा, मनोरञ्जन तथा पारिवारिक माहोलामा समय व्यातित हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाका ९९ नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ भोलि, पहिलो बैठक पनि बस्ने
२०८३ असार १६, मंगलबार
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
२०८३ असार १६, मंगलबार
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
२०८३ असार १६, मंगलबार
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
२०८३ असार १६, मंगलबार
एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १६, मंगलबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १६, मंगलबार
राष्ट्र बैंकद्धारा आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण
२०८३ असार १६, मंगलबार