असार १६, २०८३ मंगलबार June 30, 2026

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ असारः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ ।

अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उहाँले बताउनुभयो । सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ जेठको अन्तिम सातादेखि असार १० गतेसम्म सञ्चालन गरेको थियो ।

उहाँका अनुसार सर्लाहीमा १० हजार २५४, सिराहा दुई हजार ५५०, महोत्तरीमा ७७ हजार ९७, बागलुङमा पाँच हजार ९५०, कालीकोटमा ४१६, सुर्खेतमा दुई हजार ६७ र जाजरकोटमा तीन हजार ८०० जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । ती जिल्लाभरि नभएर दादुराको प्रकोप देखिएको स्थानीय तहका र वडामा मात्र खोप अभियान सञ्चालन गरिएको थियो ।

दादुरा सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ । त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
२०८३ असार १६, मंगलबार
९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
२०८३ असार १६, मंगलबार
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने
२०८३ असार १६, मंगलबार
प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल
२०८३ असार १६, मंगलबार
गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन
२०८३ असार १६, मंगलबार
मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल
२०८३ असार १६, मंगलबार
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश
२०८३ असार १६, मंगलबार