असार २९, २०८२ आइतबार July 13, 2025

मकवानपुरमा थप ६६ जनामा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मकवानपुरमा थप ६६ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । थपिएका संक्रमितहरु हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका रहेको जनाएको छ ।

किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ सय ९३ जनाको स्वाब नमुना परीक्षण गर्दा ४२ पुरुष र २४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा उपहानगरपालिका अन्तर्गत आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार मकवानपुरका ६४ र जिल्ला बाहिरका २ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका ६२ र भीमफेदी गाउँपालिकाका दुईजना रहेका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया