मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिफा विश्वकप : पाराग्वेलाई १–० ले हराउँदै फ्रान्स क्वाटरफाइनलमा

फ्रान्सले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको हो।

फ्रान्सको जितमा एकमात्र निर्णायक गोल किलियन एम्बाप्पेले गरे। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। डिजिरे डुएलाई पाराग्वेका डिफेन्डरले डी–बक्सभित्र लडाएपछि भिएआरको सहायताले रेफ्रीले पेनाल्टी दिएका हुन्। जसको अवसरलाई एम्बाप्पेले खेर फालेनन्।

खेल सकिनै लाग्दा इन्जुरी समयमा एम्बाप्पेको दुई सशक्त प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बिफल पारे।

योसँगै एम्बाप्पेले विश्वकपमा गोल संख्या १९ बनाएका छन्। उनी अर्जेन्टिनाका लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। यस्तै जारी विश्वकपमा उनको यो सातौं गोल हो। गोल्डेन बुट दौडमा पनि एम्बाप्पे र मेसी बराबरीमा छन्।

फ्रान्सले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले यसअघि भएको खेलमा क्यानडालाई ३–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ। पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार