असार २१, २०८३ आइतबार July 5, 2026

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २१ असारः म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी-दरबाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको छ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक योजनाका सबै काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार योजना निर्धारित समयमै सम्पन्न भएको हो ।

विसं २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो । गौथली भिरलगायत स्थानमा एक हजार ७०० मिटर सडक ढलान गरिएको छ । सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । यसअघि उक्त सडक चारदेखि पाँच मिटर मात्र चौडा थियो ।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल मात्र रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मार्ग खुलेको १८ वर्षपछि भए पनि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो । बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल गरेका छौँ ।”

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो । यसै सडक आयोजनाअन्तर्गत दरबाङ–धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भई अर्को योजना निर्माणाधीन रहेको म्याग्दी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो । रासस

उहाँका अनुसार विसं २०८२ असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीका मङ्गला मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिएको उहाँले बताउनुभयो ।

धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म जोड्ने सडक गत फागुनमा सञ्चालनमा आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
२०८३ असार २१, आइतबार
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असार २१, आइतबार
‘सरकारले निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिरहेको छ’ : सभापति थापा
२०८३ असार २१, आइतबार
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
२०८३ असार २१, आइतबार
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन
२०८३ असार २१, आइतबार
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
२०८३ असार २१, आइतबार
मालदह आँपको मूल्य बढ्यो
२०८३ असार २१, आइतबार