श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल

पार्टी डिजिटल प्रविधिमा अगाडि बढेको भन्दै समयमै आफ्नो सदस्यता डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्न सबैलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ असारः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस धादिङले आज काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्था गरेको बताउनुभयो ।

“कांग्रेसले संशोधन गरेको विधानमा स्थानीय तह, प्रदेश तह, केन्द्र, पार्टीको क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिमा युवालाई विशेष व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलले मुलुकको राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकासका लागि कांग्रेस सशक्त रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको स्थानीय तह, प्रदेश तह र केन्द्रमा युवाको सहभागिता सुनिश्चित गर्नका लागि पार्टीको क्रियाशील सदस्यमा युवा सहभागिता बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टी डिजिटल प्रविधिमा अगाडि बढेको भन्दै समयमै आफ्नो सदस्यता डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्न सबैलाई आग्रह गर्नुभयो । महामन्त्री पौडेलले विगत ३५ वर्षमा केही भएन भन्नु गलत भएको भन्दै ३५ वर्षमा मुलुकको शिक्षा, स्वास्थ्य र मोटरबाटो क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश धमलाले सबै राजनीतिक दललाई संसदीय प्रक्रियामा ल्याउन कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा बहुमत प्राप्त गरेको दलले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीलाई अगाडि बढाउन युवालार्ई अगाडि बढाउनुपर्ने बताउनुभयो । कांग्रेसको तर्फबाट धादिङका प्रतिनिधि बन्नुभएका महाधिवेशन प्रतिनिधि सुशील भट्टले पार्टीमा १८ वर्षदेखि ३५ वर्षसम्मका युवाको सहभागिता सुनिश्चित गर्नका लागि कांग्रेसले युवा केन्द्रित अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार