असार २०, २०८३ शनिबार July 4, 2026

हङकङमा गुञ्जियो राजन लम्सालको उम्मेदवारी, विश्व लायन्स सदस्यसँग समर्थनको अपिल

अन्तर्राष्ट्रिय निर्देशकका उम्मेदवार राजन लम्साललाई विश्वमञ्चमा संजय खेतानले गराए परिचय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङ । हङकङमा जारी लायन्स क्लब्स इन्टरनेशनलको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत शुक्रबार सम्पन्न उम्मेदवारहरूको परिचय कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रिय निर्देशक (International Director) पदका लागि आधिकारिक रूपमा इन्डोर्स गरिएका उम्मेदवार लायन राजन लम्सालले प्रभावशाली रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै विश्वभरका लायन्स सदस्यसँग सहयोग, समर्थन र विश्वासको अपिल गरेका छन्।

विश्वका विभिन्न मुलुकबाट आएका हजारौं लायन्स सदस्य, अन्तर्राष्ट्रिय पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट लायन लम्सालको परिचय पूर्व अन्तर्राष्ट्रिय निर्देशक इन्जिनियर संजय खेतानले गराएका थिए। उनले लम्सालको लामो नेतृत्व अनुभव, संगठनप्रतिको समर्पण र अन्तर्राष्ट्रिय तहमा काम गर्ने क्षमता प्रस्तुत गर्दै उनको उम्मेदवारी नेपालका लागि मात्र नभई सम्पूर्ण दक्षिण एसियाली क्षेत्रकै लागि गौरवको विषय भएको बताए।

परिचयका क्रममा खेतानले लम्सालको करिब २९ वर्ष लामो लायन जीवन सेवा, संगठनप्रतिको समर्पण र नेतृत्व यात्राबारे प्रकाश पारे। उनले लम्सालले जिल्ला गभर्नरका रूपमा कार्यकाल पूरा गर्नुका साथै आफ्नो लायन जीवनमा ६५ वटा नयाँ लायन्स क्लब स्थापना (क्लब चार्टर) गराउन सफल नेतृत्वकर्ता भएको बताए।

May be an image of lighting and crowdखेतानका अनुसार लम्सालले लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) को एरिया लिडर, ग्लोबल मेम्बरसिप टिम (GMT) मल्टिपल डिस्ट्रिक्ट को–अर्डिनेटर, ग्लोबल लिडरसिप टिम (GLT) मल्टिपल डिस्ट्रिक्ट को–अर्डिनेटरलगायत लायन्सका विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेका छन्। उनले लम्साललाई दूरदर्शी, अनुभवी र सेवाभावमा समर्पित नेतृत्वकर्ताका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय निर्देशक पदका लागि अत्यन्त योग्य उम्मेदवार भएको बताए।

खेतानले लम्सालको सफल यात्रामा उनकी धर्मपत्नी तथा पूर्व जिल्ला गभर्नर लायन इन्दु लम्सालको महत्वपूर्ण साथ र सहयोग रहेको पनि उल्लेख गरे। उनले इन्दु लम्साल लायन्सको प्रतिष्ठित Ambassador of Goodwill Award बाट सम्मानित व्यक्तित्वसमेत रहेकाले यो दम्पतीले लायन्स सेवामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए।

उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवार लायन राजन लम्सालले नेपाल र नेपाली लायन्स परिवारका तर्फबाट विश्वभरका लायन्स सदस्यलाई हार्दिक अभिवादन व्यक्त गरे। उनले नेपाल भगवान बुद्धको जन्मभूमि, विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश तथा शान्ति, सहिष्णुता र मानव सेवाको सन्देश बोकेको राष्ट्र भएको उल्लेख गर्दै त्यसै भूमिबाट अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी प्रस्तुत गर्न पाउनु आफ्ना लागि अत्यन्त गौरवको विषय भएको बताए।

उनले लायन्स क्लब्स इन्टरनेशनलले विगत एक शताब्दीभन्दा बढी समयदेखि विश्वभर मानव सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आफू निर्वाचित भए संगठनको मूल भावना “We Serve” लाई अझ प्रभावकारी ढंगले अघि बढाउन प्रतिबद्ध रहने विश्वास दिलाए।

लम्सालले सदस्य विस्तार, युवा नेतृत्व विकास, महिला सहभागिता अभिवृद्धि, नवीन सेवा परियोजनाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत लायन्स अभियानलाई अझ सशक्त बनाउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे।

मन्तव्यको अन्त्यमा उनले विश्वभरका लायन्स सदस्यसमक्ष आफूलाई अन्तर्राष्ट्रिय निर्देशक पदमा निर्वाचित गराउन सहयोग, समर्थन र विश्वास प्रदान गर्न हार्दिक आग्रह गर्दै आफू सम्पूर्ण लायन्स परिवारको साझा प्रतिनिधिका रूपमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए।

May be an image of lighting and text that says 'Lot's world reo Tal Chi together July7|09:00 July 09:00 មមុល AsiaWorld AsiaWoris-Expo EKpo INTERNATIONAL SHOW HONG KONG 2026 108th Lions International Convention world worldrecordtogetherl Let's set Tal Chi record togethert 09:00 AsiaWorid-Expo DNNG'नेपालबाट अन्तर्राष्ट्रिय निर्देशक पदमा आधिकारिक उम्मेदवारी प्रस्तुत हुनु नेपाली लायन्स इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ। सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिहरूले लम्सालको उम्मेदवारीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उकास्नुका साथै विश्व लायन्स समुदायमा नेपालको सक्रिय उपस्थिति थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

हङकङमा जारी १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका सयौँ मुलुकका लायन्स प्रतिनिधिहरू सहभागी रहेका छन्। सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय नेतृत्व चयनसँगै विभिन्न नीति, सेवा कार्यक्रम तथा भावी कार्यदिशाबारे पनि छलफल भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु
२०८३ असार २०, शनिबार
राउन्ड अफ १६ को पहिलो खेल आजवाट, क्यानडा र मोरोक्को भिडदैँ
२०८३ असार २०, शनिबार
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
२०८३ असार २०, शनिबार
अन्तर्राष्ट्रिय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गर्दै
२०८३ असार २०, शनिबार
वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह
२०८३ असार २०, शनिबार
हङकङमा गुञ्जियो राजन लम्सालको उम्मेदवारी, विश्व लायन्स सदस्यसँग समर्थनको अपिल
२०८३ असार २०, शनिबार
बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
२०८३ असार २०, शनिबार