असार २२, २०८३ सोमबार July 6, 2026

इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो सातौँ टी-२० विश्वकप

अस्ट्रेलियाको विश्व क्रिकेटमा दबदबा, महिला टी-२० विश्वकप सातौँ पटक जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै महिला टी- २० विश्वकप क्रिकेटको उपाधि सातौँ पटक जितेको छ । उत्कृष्ट बलिङ प्रदर्शनपछि बेथ मुनीको अर्धशतकीय इनिङ्सको मद्दतमा अस्ट्रेलियाले सहज जित दर्ता गरेको हो ।

टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रनमा सीमित गरेको थियो । १५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा तीन विकेट मात्र गुमाएर १५३ रन बनाउँदै उपाधि आफ्नो नाममा लेखायो ।

महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच भएको यो चौथो भेट थियो । यसअघिका सबै फाइनलमा जस्तै यसपटक पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो वर्चस्व कायम राख्यो ।

यसअघि अस्ट्रेलियाले सन् २०१२, २०१४ र २०१८ को फाइनलमा पनि इङ्ल्यान्डलाई हराएर उपाधि जितेको थियो । सन् २०२६ को फाइनलमा समेत विजय हासिल गर्दै अस्ट्रेलियाले विश्वकप फाइनलमा इङ्ल्यान्डविरुद्ध आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ ।

योसँगै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको इतिहासमा कीर्तिमानी सातौँ पटक उपाधि जित्दै आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार