असार २२, २०८३ सोमबार July 6, 2026

ब्राजिलको हारसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए नेइमार

विश्वकपको अन्तिम १६ मै रोकियो ब्राजिल, नेइमारले लिए सन्न्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेइमारले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका छन् । फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग २- १ गोलले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्णविराम दिएका हुन् ।

अमेरिकाको मेटलाइफ रंगशालामा आइतबार भएको खेलपछि भावुक बनेका ३४ वर्षीय नेइमार मैदानमै आँसु झार्दै देखिएका थिए । उनले यही रंगशालाबाट आफ्नो यात्रा सुरु भएको र यहीँ अन्त्य भएको भन्दै अब राष्ट्रिय टोलीका लागि नखेल्ने घोषणा गरे ।

नेइमार मे महिनामा सान्तोस फुटबल क्लबबाट खेल्ने क्रममा पिँडुलाको चोट बोकेका कारण विश्वकप टोलीमा पर्ने वा नपर्नेमा अन्योल थियो । तर प्रशिक्षक कार्लो आन्सेलोटीले उनलाई अन्तिम टोलीमा समेटेका थिए । यद्यपि उनले समूह चरणका कुनै पनि खेलमा सुरुआती अवसर पाएनन् ।

नर्वेविरुद्धको खेलमा उनले ६७औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । त्यसबेला खेल गोलरहित बराबरीमा थियो । त्यसपछि नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्ड ले ७९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए भने ९०औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गर्दै दोस्रो गोल गरेका थिए ।

इन्जुरी समयतिर नर्वेका रक्षक लियो ओस्टिगार्डले कासेमिरोलाई पेनाल्टी क्षेत्रमा हेडरका क्रममा कुहिनो प्रहार गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । नेइमारले उक्त अवसरलाई गोलमा परिणत गर्दै अन्तर्राष्ट्रिय करियरको अन्तिम गोल गरेका हुन् । गोलपछि उनले नर्वेका गोलरक्षक ओर्जान निलान्डसँग केही भनाभनसमेत गरेका थिए ।

यो गोलसँगै नेइमारको ब्राजिलका लागि कुल ८० अन्तर्राष्ट्रिय गोल पुगेको छ । उनले ब्राजिलका महान् फुटबलर पेलेको ७७ गोलको कीर्तिमानलाई तीन गोलले पछि पारेका छन् । तर पेलेले जितेका तीन विश्वकप उपाधि भने नेइमारले जित्न सकेनन् ।

ब्राजिलले पछिल्लोपटक सन् २००२ मा विश्वकप जितेको थियो । नेइमार राष्ट्रिय टोलीमा रहँदा ब्राजिल विश्वकपमा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । यसपटकको हारसँगै सन् १९९० यता पहिलो पटक ब्राजिल विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
२०८३ असार २२, सोमबार
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
२०८३ असार २२, सोमबार
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार