काठमाण्डौंः लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि पुष्टि भएको थियो । सभामुख घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रूत स्वाव परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको सभामुख पत्नी सीता आचार्यले बताउनुभयो ।
उहाँलाई रातिदेखि ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो नघटेको र शरीर पनि कमजोर हुदै गएपछि दिउँसो २.०० बजे उहाँले लुुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गराउनु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया