असार २३, २०८३ मंगलबार July 7, 2026

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमुने सामुन्ने हुदैँ

कोलम्बिया स्टार विंगर लुइस डियाजको कौशलको भरमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ असार । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’ को दोस्रो खेल स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ।

विश्वकपमा यी दुई देश दोस्रो पटक आमनेसामने हुनेछन्। यो खेल भ्यानकुभर रंगशालामा नेपाली समय अनुसार आज राती १ः४५ बजेबाट सुरु हुनेछ।

स्विट्जरल्याण्ड र कोलम्बियाबीच हालसम्म कुल ४ वटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये कोलम्बियाले २ खेल जितेको छ भने स्विट्जरल्याण्डले एउटा खेल जितेको छ, एउटा खेल बराबरीमा टुंगिएको थियो।

फिफा विश्वकपमा यी दुई टोलीबीच हुने यो दोस्रो भेटघाट हुनेछ। सन् १९९४ को विश्वकपमा कोलम्बियाले स्विट्जरल्याण्डलाई २–० ले पराजित गरेको थियो।

स्वीट्जरल्यान्डले ४ मध्ये तीन खेल जित्यो भने एउटा खेल बराबरीमा टुंगियो। ‘राउन्ड अफ ३२’ मा स्वीट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्‍यो। समूह चरणमा टोलीले कतारसँग १–१ को बराबरी खेलेको थियो भने त्यसपछिका दुई खेलमा क्यानडालाई २–१ र बोस्नियालाई ४–१ ले हराएको थियो।

उता, कोलम्बिया यस प्रतियोगितामा हालसम्म अपराजित रहँदै आएको छ र उसले ४ खेलमा तीन जित तथा एक बराबरीको नतिजा निकालेको छ। ‘राउन्ड अफ ३२’ मा कोलम्बियाले घानालाई १–० ले पराजित गर्‍यो। समूह चरणमा टोलीले डीआर कंगोलाई १–० र उज्बेकिस्तानलाई ३–१ ले हरायो जबकि पोर्चुगल विरुद्धको खेल भने ०–० को बराबरीमा सकियो।

स्विट्जरल्याण्ड गोलका लागि फरवार्ड ब्रिल एम्बोलोमा निर्भर रहनेछ भने कोलम्बिया स्टार विंगर लुइस डियाजको कौशलको भरमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः

स्विट्जरल्याण्डः यान सोमर, अकान्जी, एल्वेदी, रोड्रिगेज, विडमर, फ्रुलर, ग्रानिट झाका, एन्डोये, एबिशर, रुबेन वर्गास, ब्रील एम्बोलो।

कोलम्बियाः क्यामिलो वर्गास, मुनोज, डेभिन्सन सान्चेज, कुएस्टा, मोजिका, जेफरसन लेर्मा, रिचर्ड रियोस, जोन एरियास, जेम्स रोड्रिगेज, लुइस डियाज, जोन कोर्डोबा।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित अधिकांश प्रतिवादी दोषी ठहर, सात जनालाई सफाइ
२०८३ असार २३, मंगलबार
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
२०८३ असार २३, मंगलबार
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
२०८३ असार २३, मंगलबार
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : मन्त्री डा तिमिल्सिना
२०८३ असार २३, मंगलबार
सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल
२०८३ असार २३, मंगलबार
अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री
२०८३ असार २३, मंगलबार
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार
२०८३ असार २३, मंगलबार