काठमाडौं, २५ असार । संघीय संसद अन्तर्गतको चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा हुने कार्यसुचीमा उल्लेख छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकले समितिको कार्यविधि सम्बन्धमा छलफल गर्नेछ । जुन बैठक बिहान ९ः०० बजे बोलाइएको छ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने जनाइएको छ भने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया