कार्तिक १, २०८३ आइतबार October 18, 2026

मानव अधिकार समितिद्वारा मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड

प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ असारः प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तीव्रता दिने भएको छ ।

समितिको आजको बैठकले समितिले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका मानव अधिकार, अन्तरराष्ट्रिय सन्धि–सम्झौता, शान्ति प्रक्रिया, मौलिक हक तथा कानुन कार्यान्वयनको अवस्थासम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग सूचना तथा तथ्याङ्कको आदान–प्रदान अध्ययन अनुसन्धान, अन्तत्र्रिmया तथा परामर्श नीति र कानुनको कार्यान्वयनको अवस्थाका विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसैगरी समितिले अनुगमन तथा मूल्याङ्कन, अन्तरराष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वको प्रभावकारी कार्यान्वयन, आवश्यक सुझाव र सिफारिस आदान–प्रदान तथा मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि पनि आयोगसँग आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले विद्यमान मानव अधिकारको अवस्था र सम्बद्र्धनबारे जानकारी गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार