कार्तिक १, २०८३ आइतबार October 18, 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक बुधबार बिहान ११ बजेका लागि तय गरिएको हो।

आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ बैठकमा पेस गर्नेछिन्।

यसैगरी व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीकै तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् र स्वीकृत भएपश्चात् उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यतालिका छ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।

बैठकको कार्यसूचीमा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावहरू पनि समावेश छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकसमक्ष प्रस्तुत गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार