असार २६, २०८३ शुक्रबार July 10, 2026

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

२५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट सर्वसम्मत पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ असारः काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो ।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गर्नुभएको थियो ।

पेस गरिएका विषयमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सभामा निर्णयार्थ पेस गर्नुभएको थियो । ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेस भएका थिए ।

पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको बैठक सम्पन्न भएको घोषणा गर्नुभएको थियो । उहाँले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३/८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेस गर्नुभएको थियो । सोही बैठकमा उहाँले आव २०८३/८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सकद्वारा जलनका बिरामी नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान सुझाव
२०८३ असार २६, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार २६, शुक्रबार
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
२०८३ असार २६, शुक्रबार
काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न
२०८३ असार २६, शुक्रबार
बिलिङ सिस्टमसम्बन्धी मुद्दाका सबै प्रतिवादी निर्दोष
२०८३ असार २६, शुक्रबार
८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा
२०८३ असार २६, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २६, शुक्रबार