असार २५, २०८३ बिहिबार July 9, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट कारोबारी चिरिप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ ।

प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलो र नगद आठ हजार ५०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित बाबा पेट्रोलपम्प नजिकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम १५ मिलिग्रामसहित सोहीठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्रकुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-१८ बाट एक, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने एक, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट एक, भीमदत्त नगरपालिका-१८ भगतपुरबाट दुई, कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका-८ नयाँबस्तीबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१९ तिलावे पुलबाट एक, ललितपुरको गोदावरी नगरपालिका-८ हात्तीगौँडाबाट दुई र महालक्ष्मी नगरपालिका-१ बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट एक, सुर्खेतको पञ्चपुरी नगरपालिका-११ बाट दुई, बाँकेको खजुरा गाउँपालिका-२ बाट दुई, सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको सहायतामा निजहरूलाई पक्राउ गरिएको उल्लेख गर्दै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया