असार २६, २०८३ शुक्रबार July 10, 2026

डिबी कार्की एमालेमा फर्के, ओलीले गरे स्वागत

नेकपाका ६ जना केन्द्रीय सदस्यलाई एमालेको रातो कार्पेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २५ असार । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डिबी कार्की सहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा फर्किएका छन् ।

कार्कीसहितका नेकपाका टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनका अनुसार ​पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेताहरू रहेका छन ।

कार्कीलगायतका नेता एस अघि नेकपा एमालेमा नै थिए, एमाले बिभाजन भए पछि माधवकुमार नेपालसँगै तत्कालिन नेकपा एकीकृत समाजवादीमा गएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया